काठमाडाैं : ला लिगाअन्तगर्त आज राति ९ बजे बार्सिलोना र सेभिल्ला आमनेसामने हुँदेछन्। यी टिम क्रमशः तेस्रो र चाैथो स्थानमा छन्। आज बार्सिलोनाले जित हात पारे लिगको दोस्रो स्थानमा उक्लिने छ भने सेभिल्लाले जिते तेस्रो स्थानमा।
पछिल्ला पाँच खेलमा सेभिल्लाले शतप्रतिशत सफल नतिजा निकालेको छ भने बार्सिलोनाले कार्डिजसँग १–१ को बराबरी खेलेको थियो।
बार्सिलोना प्लेइङ ११
सेभिल्लासँगको आजको खेलमा बार्सिलोनाले मुख्यत मध्यपंक्तिलाई ध्यान दिएको देखिएको छ। आज उसको मिड लाइनमा पेड्री, फ्रेन्की डियोङ, जोर्डी अल्बा र सर्जियो डेस्ट रहनेछन्। त्यसैगरी अग्रभागमा कप्तान लियोनल मेस्सीसँगै डेम्बेले ठाउँ पाएका छन्।
त्यस्तै रक्षापंक्तिमा सर्जियो बुस्केट, क्लेमेट लेन्लेट, जेरार्ड पिके, अस्कर मिन्जुगिजा रहनेछन्। कोच रोनाल्ड ट्रम्पले आज नियमित खेलाडी एन्टोनी ग्रिजमानलाई आराम दिएका छन्। नियमित कप्तान मार्क आन्द्रे टेर स्टेगनले बार्सिलोनाको गोलपोस्ट सम्हाल्ने छन्।
सेभिल्लाको प्लेइङ ११
गोलकिपर बोनो, नाभास, कुन्डे, कार्लोस, स्कुडेरो, जोर्डन, फर्नान्डो, राकाटिच, मुनिर, डे जोङ र गोमेज
तपाईंको ईमेल गोप्य राखिनेछ ।