|

काठमाडौं : पश्चिमी वायुको प्रभावका कारण केही स्थानमा बदली र हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाकी मौसमविद् सजिना शाक्यले आइतबार दिउँसो प्रदेश १ का पहाडी भू–भागहरुमा सामान्य बदली र बागमती तथा गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली हुने बताइन्। यस्तै, प्रदेश १ का पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली एक दुई स्थानमा हल्का हिमपात हुने महाशाखाले अनुमान गरेको छ। 

काठमाडौं उपत्यकाको तापक्रम ह्वात्तै बढेको छ। उपत्यकाको आजको न्यूनतम तापक्रम आइतबार बिहान १४ डिग्री सेल्सियस मापन भएको महाशाखाले जनाएको छ। मौसमविद् शाक्यले मौसम बदली भएर आकाश धुम्म हुँदा तापक्रम बढेको बताइन्। आज उपत्यकाको अधिकतम तापक्रम २४ डिग्री सेल्सियसम्म पुग्न सक्ने महाशाखाले अनुमान गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.