|

काठमाडौं : चौथो ‘नेपाल–बङ्गलादेश युवा सम्मेलन’ आज सकिने भएको छ। हिजोदेखि काठमाडौंमा शुरु सम्मेलनमा बंगलादेशी सुमाया तहमिद जाफ्ररिनको संयोजकत्वमा २५ सदस्यीय युवा टोली सहभागी छ। 

नेपालका विभिन्न जिल्लाबाट ४० युवाले सम्मेलनमा सहभागिता जनाएका छन्। दिगो विकास लक्ष्य, जलवायु परिवर्तन तथा प्रकोप नियन्त्रण, युवा सहभागिता र उद्यमशील विकासका विषयमा सम्मेलन केन्द्रित रहेको आयोजकले जनाएको छ। 

युवा विकास केन्द्र र साउथ एशिया पार्टनरसीप (साप) नेपालको आयोजना तथा बङ्गलादेश राजदूतावास, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय युवा परिषद्को सहकार्यमा शुरु सम्मेलन आयोजना गरिएको हो। सम्मेलनको पहिलो दिन हिजो जलवायु परिवर्तनसम्बन्धी पर्वतारोही अनिश लुइँटेल र लालमणि वाग्लेले कार्यपत्र प्रस्तुत गरेका थिए। 

बङ्गलादेशको प्रकोप व्यवस्थापनका विषयमा ढाका विश्वविद्यालयका महबुब आलमले प्रस्तुतीकरण दिएका थिए। पर्यटन बोर्डको हल प्रदर्शनमार्गमा जारी कार्यक्रम नेपाल र बंगालदेशि गित संगित पनि प्रस्तुत भएको छ। कार्यक्रममा कोभिड–१९ का कारण प्रभावित हुँदै आएको दुईदिने सम्मेलनको हिजो भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा शिवमाया तुम्बाहाङ्फेले उद्घाटन गरिन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.