|

काठमाडौं : एमएनटिभी अष्ट्रेलियाद्वारा सञ्चालित अन्तर्राष्ट्रिय अनलाईन गायन प्रतियोगीता हल अफ फेम सिजन २ को उपाधि इलामका टिका मगरले जितेका छन्। 

शनिबार भएको ग्रान्ड फिनालेमा आफुसँगगका दुई प्रतिस्पर्धीलाई पन्छाउँदै टिका मगर विजेता बनेका हुन्। टिकासँगै ललितपुरका पूर्ण विक र बुटवलका विजय सुनारले फाइनल प्रतिस्पर्धी रहेका थिए। नारायण गोपालको ’तिमिलाई म के भनूँ’ गीतको अडियो क्लिप पठाएर सहभागीता जनाएका टिका मगर टप ५०, टप २७ टप टप ६ र टप ३ हुँदै उपाधि कब्जा गर्न सफल भए। टिकाले सुरुदेखी नै जजको सकरात्मक कमेन्ट पाएका थिए

विजेता बनेसंगै टिकाले १ लाख रूपैँया नगद पुरस्कारसहित ५ लाख बराबरको प्याकेज प्राप्त गरेका छन् । उनले एउटा गीत र म्युजिक भिडियो रेकर्डिङ सम्झौता र प्रतियोगिताका तीन जना निर्णायकहरू वरिष्ठ गायक दीप श्रेष्ठ, कन्दरा ब्याण्डका गायक विवेक श्रेष्ठ र गायिका रजिना रिमालसँग अष्ट्रेलिया टुर गर्ने अवसर समेत प्राप्त गरेका छन्।

विश्वमा कोरोना महामारीको प्रकोपको मध्यतिरबाट सुरू भएको अनलाईन प्रतियोगितामा टप ५० मा अफ्रिका, एसिया, अष्ट्रेलिया र युरोप महादेशका प्रतिस्पर्धी छनौटमा परेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.