|

बझाङ : बुङगल नगरपालिकामा निमार्णाधीन ६५ मेघावाट क्षमताको जलविद्युत आयोजनाको ९० प्रतिशत निमार्ण कार्य सकिएको छ। 

करिब १० अर्ब रुपैयाँकोे लागत अनुमान गरिएको आयोजनाको ३८.४६ मेघावाटको अपर कालंगाको जलविद्युत् आयोजनाको ८.७ किलोमिटर, १५.३३ मेघावाटको कालंगा जलविद्युत् आयोजनाको ३.४ किलोमिटर र १०.०७ मेघावाट क्षमताको सानीगाड जलविद्युत् आयोजनाको २.९ किलोमिटर सुरुङ निमार्णको काम सकिएको छ। १५.३३ मेगावाट क्षमताको आयोजनाको इन्टेक, सुरुङ, पेनस्टक, पाइप जडान र विद्युत् गृह निर्माणको काम सकिएको छ। आयोजनाले आगामी चैतमा विद्युत् उत्पादनको तयारी गरेको छ। 

सन् २०१७ देखि निर्माण सुरु भएको आयोजनाले २०२० भित्रै काम सम्पन्न गर्ने लक्ष्य लिएको थियो। भूगोलले साथ नदिँदा निर्माण कार्यमा ढिलाई भएको आयोजना कम्पनीले जनाएको छ। आयोजनाको पावर हाउस निर्माण, बाँध, सुरुङ र पेनस्टक पाइप जडानको काम भइरहेकोे आयोजनाका प्रमुख पुष्प चित्रकारले बताए । उनले भने, ३८.४६ मेघावाटको अपरकालंगामा टनेल फिनिसिङको काम भईरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.