काठमाडौं : अष्ट्रेलियामा दुई दशकदेखि बस्दै आएका सञ्चारकर्मी टीका कार्की मृत फेला परेका छन् ।
उनी हिमालयन रेडियोका सञ्चालक हुन्। सन् २००३ देखि नेपाली भाषाको कार्यक्रममार्फत हिमालयन रेडियोले अष्ट्रेलियाका नेपाली समूदायलाई सुसूचित गर्दै आएको थियो।
नजिकका आफन्तहरुले निरन्तर सम्पर्कको प्रयास गर्दा पनि सफल नभएपछि उनलाई डलविच हिलस्थित निवासमा खोज्दा अचेत अवस्थामा फेला पारेका थिए।
एक्लै बस्दै आएका उनलाई सुतेकै अवस्थामा हृदयघात भएको आशङ्का गरिएको छ। प्रहरीले कार्कीको शवलाई पोष्टमार्टमका लागि पठाएको छ। सन् १९९६ सालदेखि अष्ट्रेलिया बस्दै आएका कार्कीको श्रीमती र दुई छोरा छन्। कार्कीको स्थायी घर बागलुङ हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।