|

कञ्चनपुर : कृष्णपुर नगरपालिका–२ वाणीमा रहेको महाकाली सामुदायिक वनमा रुख काट्ने क्रममा हाँगा लागेर घाइते भएका अन्दाजी ६० वर्षीय हिक्मतबहादुर देउवाको आइतबार मृत्यु भएको छ। 

रुइनाको रुख काट्ने क्रममा टाउकोमा हाँगा लाग्दा घाइते भएका देउवाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.