|

काठमाडौं : अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले स्थापनाकालदेखि हालसम्म ११ अर्ब रुपैयाँभन्दा बढी रकम खर्च गरेको छ।

समितिका सूचना अधिकारी कमल अर्यालका अनुसार विभिन्न शीर्षकमा ११ अर्ब ९२ करोड ४५ लाख ५९ हजार एक सय ३६  रुपैयाँ खर्च भएको जानकारी दिए।

‘यो कार्यालय स्थापना भएदेखि हालसम्मको खर्च विवरण हो,’ उनले भने, ‘कार्यालय सञ्चालनदेखि विकास गर्दा यति खर्च भएको हो।’

उनका अनुसार बागमती नदी सरसफाई अभियान, विष्णुमती, धोबीखोला, हनुमन्ते खोला करिडोर निर्माण, तटबन्ध, ढल निर्माण र जग्गाको क्षतिपूर्ति लगायत काम गर्दा उल्लेखित रकम खर्च भएको हो।

‘हनुमन्तेखोलामा पनि अहिले तटबन्धको काम भैरहेको छ, हामीले गर्नुपर्ने कामहरु तीव्र गतिमा गरिरहेका छौँ,’ उनले भने।

बागमतीलाई प्रदूषण मुक्त नदी बनाउन, करिब ३० किमी ढल निर्माण लाइन बनाउन, ट्रिटमेन्ट प्लान्ट बनाउने लगायत उद्देश्य राखी २०५२ सालमा बागमती सभ्यता एकीकृत विकास समिति गठन भएको थियो।

बागमती सफाइ अभियान ४ सय ७ हप्ता पुगिसकेको छ। तर, पनि अझै बागमतीको रूप फेरिएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.