|

काठमाडौं : नेपाल बैंक लिमिटेड पाल्पा शाखाले एकै दिन ११८ जनालाई फोन पे को क्युआर स्ट्यान्ड वितरण गरेको छ। बैंकले डिजिटल पाल्पा अभियानअन्तर्गत क्युआर स्ट्यान्ड वितरण गरेको हो।

ढाका कपडा व्यवसायी, किसान, कानुन व्यवसायी, सहकारी संस्था, विद्यालय, मोटरसाइकल वर्कसप, होटल, रेष्टुरेन्टलगायत विविध क्षेत्रका व्यवसायीहरुलाई  क्युआर स्ट्यान्ड वितरण गरिएको बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले बताए।

नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका उपनिर्देशक रमेश न्यौपानेले नगदको प्रयोग गर्दा जोखिम हुने, पैसा छिटो झुत्रो हुने भएकाले राज्यको खर्च पनि बढ्ने हुँदा फोनपेको क्युआर प्रयोगबाट नगदरहित कारोबार बढ्न गई यसले समग्र रुपमा देशलाई नै फाइदा पुग्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.