अविश्वासको प्रस्ताव ल्याएर पद कब्जा गर्ने नसोच्‍न चेतावनी

|

काठमाडौं : नेकपाका सचिवालय सदस्‍य तथा गृहमन्त्री रामबहादुर थापा बादलले अदालतको निर्णय देशको स्थायित्वको पक्षमा नभएको बताएका छन्। गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘अदालतको निर्णय देशको स्थायित्वको पक्षमा छैन। तर, पनि हामी अदालतको निर्णय मान्छौँ।’ 

अदालत र सडकको मोर्चापछि अबको लडाइँ संसदको मोर्चामा हुने उनले बताए। उनले प्रचण्ड–माधव पक्षलाई आफ्नो गल्ती सच्चाएर भदौ २६ गतेको स्थायी कमिटीको निर्णयमा फर्कन आग्रह गरे।  पार्टी एकतालाई जोगाउनका लागि आत्मालोचना गरेर स्थायी कमिटीको निर्णयमा फर्कनुपर्ने बताए। 

‘एकपछि स्थायित्वको पक्षमा उभिएको भए पनि अर्को पक्ष फुट र अस्थिरताको पक्षमा उभिराखेका छन्। एकथरी कमरेडहरू फुट र गुटको पक्षमा उभिरहेका छन्’ उनले भने, ‘१९ पेजको आरोपपत्र खडा गरेर पार्टीको प्रथम अध्यक्ष हटाउने लागेपछि समस्या बल्झियो।’ 

जनताले पार्टी एकताको पक्षमा म्यान्डेट दिएको सुनाए। ‘प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ दिएनन् भने अविश्वासको प्रस्ताव ल्याएर पद कब्जा गर्नुपर्छ भनेर लागेका छन्’ उनले भने, ‘जनताले नेकपा विकास गर्नका लागि बढाएको हुनाले अबको लडाई संसदमा हुन्छ।’ नेकपा सरकार ढालेर सार्वभौमविरुद्ध लाग्न खोजिरहेका आरोप लगाए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.