धादिङ : उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा-१ सल्यानटारमा डोजरले फालेको माटाले पुरिएर सोमबार अपराह्न एक महिलाको मत्यु भएको छ।
सडक पिचका लागि बाटो फराकिलो पार्ने क्रममा बाटो खन्दै गर्दा पुरिएर त्रिपुरासुन्दरी - १ की ४५ वर्षीया सरस्वती कुमालको मृत्यु भएको हो।
सडक निर्माणका क्रममा माटो फालिरहेका बेला बाटो पार गर्नेक्रममा कुमाल पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए।
उनका अनुसार शव परीक्षणका लागि सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।