पूर्व-एमाले ब्युँताउने भन्दै ओलीले भ्रम फैलाए

|

काठमाडौं : विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओली प्रधानमन्त्रीको कुर्सीमा टाँसिरहेको बताएका छन्। 

नेकपा प्रचण्ड–माधवनिकट पेसागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघबीच एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले भने, ‘केपी ओली प्रधानमन्त्री पदमा टाँसी रहेको छन्। साधारण सदस्यसमेत हटाइसकेको ओलीले अहिले पाटी अध्यक्ष भन्दै हिँडिरहेका छन्। हामीले निर्वाचन आयोगलाई पनि भनिसकेका छौँ।’

महाधिवेशन अगाडि बहुमतको केन्द्रीय कमिटीको निर्णय आधिकारिक हुने भएकाले केपी ओली पार्टीभन्दा माथि हुन नसक्ने बताए। ‘केपी ओली पक्षका नेताहरुले पूर्व-एमाले ब्युँताउने कुरा गरिरहका छन्।  त्यो कुनै पनि हालतमा हुन सक्दैन। ओलीको भ्रममा कसैले पर्नु हुँदैन’ उनले भने, ‘नेकपाको आधिकारिक अध्यक्ष प्रचण्ड र म नै हो। प्रचण्ड त पहिल्यै अध्यक्ष हुनुहुन्थ्यो ओलीलाई हटाएपछि म अध्यक्ष निर्वाचित भए।’ 

निर्वाचन आयोगले पनि संविधान र विधानलाई हेरेर निर्णय गर्ने भएकाले आफ्नो पक्षबाट बाहिर जान नसक्ने दाबी गरे। सर्वोच्च अदालतको निर्णयपछि न्यायलकै जित भएको बताए। 

संसदीय दलको नेतामा प्रचण्डलाई नियुक्ति गरिसकेको भएकाले ओली संसदीय दलको नेता समेत नभएको बताए। ‘ओलीले अहिले पनि विभिन्न किसिमको जालझेलमा लागिराखेको सुनको छु, संकटकाल लगाउने रे’ उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.