|

काठमाडौं : अवैध रुपमा कछुवाको ओसार पसारमा संलग्न एक भारतिय युवकलाई थानकोट प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रभाग नाढुंगाको टोलीले वीरगंजबाट काठमाण्डौ आउँदै गरेको गाडी चेकजाँचका क्रममा भारत पटना घर बताउने २३ वर्षीय फैजल आलमलाई ६ वटा कछुवासहित पक्राउ गरेको हो।

ना १ ज ७०१४ नम्बरको टाटा सुमो गाडीमा काठमाडौं आउँदै गरेका आलमले झोला भित्र अवैध रुपमा लुकाई छिपाई राखेको ब्ल्याक पाउण्ड प्रजातीको ६ कछुवा बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका आलम र बरामद कछुवालाई थप अनुसन्धन तथा कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तिसार पठाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.