|

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपा (माधव-प्रचण्ड) का स्थायी कमिटी सदस्य रघुजी पन्तले राष्ट्रिय सभा सदस्य कोमल वलीप्रति दिएको अभिव्यक्तिलाई लिएर राष्ट्रिय महिला आयोगले आपत्ति जनाएको छ।

महिलाको स्वतन्त्र पहिचान, आत्म सम्मान र क्षमतालाई महत्त्व नदिई पुरुषसँगको निकटताबाट महिलाको राजनैतिक भविष्य बन्ने गरेकोजस्ता अभिव्यक्ति प्रकट गरि महिलाको चरित्र र आचरणमाथि प्रश्न उठाउने प्रवृत्ति सर्वथा गलत रहेको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

'देशको आधाभन्दा बढी जनसंख्या ओगट्ने महिला वर्गको राजनैतिक सहभागिता न्यून रहेको वर्तमान अवस्थामा महिलाको अवस्थाको कम आंकलन हुनु उनीहरुको सबलता र सक्षमतालाई स्वतन्त्र मूल्यांकन नगर्ने परिपाटी मौलाउनु आफैमा ठूलो बिडम्बना हो,' विज्ञप्तिमा लेखिएको छ,' महिलाप्रतिको विभेद हिंसा र हीन भावना हटाई लैङ्गिक विभेदरहित समाजको सिर्जना गर्न राज्यका सबै निकायमा महिला वर्गको अर्थपूर्ण सहभागिताको ज्यादै ठूलो महत्त्व रहन्छ।'

केहि दिन अघि एक सार्वजनिक कार्यक्रममा नेता पन्तले कोमल वलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पिँडुला देखाएर राष्ट्रिय सभा सदस्य भएको टिप्पणी गरेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.