|

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले सुशासन कायम गर्न कानुनको शुद्धता र गुणस्तरले बढी भुमिका खेल्ने बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) को तेस्रो स्थापना दिवस (इञ्जा डे) को अवसरमा आयोजित पत्रकारिता पुरस्कार वितरण एवं सम्मान कार्यक्रममा सापकोटाले यस्तो बताएका हुन्।

सुशासनको क्षेत्रमा महत्वपूर्ण विधी, विधान, नीति निर्माण र कानुन भएको भन्दै सुशासन कायम गर्नको लागि कानुनको शुद्धता, पवित्रता र कानुनको गुणस्तरले सबैभन्दा बढी भुमिका खेल्ने उनको भनाइ थियो। कानुनमा भएका स–साना छिद्र भित्र पसेर ठूलाठूला अत्याचार हुने गरेको भन्दै कानुनलाई बलियो बनाउनुपर्नेमा जोड दिए।

सापकोटाले नेपालको संविधानले लोकतन्त्रको सबै आयामहरूलाई समेटेको र नयाँ मूल्य मान्यतालाई आत्मसात गर्न खोजेको बताए। संविधानले मौलिक अभ्यास गर्न खोजेको भन्दै उनले संविधानलाई अझैं पनि विकास, परिमार्जन र संशोधन गर्नुपर्ने आवश्यकता रहेको औंल्याए।

‘हाम्रो संविधानले लोकतन्त्रको सबै आयामहरूलाई समेटेको छ। र नयाँ मुल्य मान्यतालाई पनि आत्मसात गर्न खोजेको छ। हाम्रो संविधान साच्चिकै मौलिक छ’ सापकोटाले भने। संसद् पुनस्थापित गर्नमा नेपाली पत्रकारिताले महत्वपूर्ण भुमिका खेलेको सापकोटाले बताए।

इञ्जाको तेस्रो स्थापना दिवस (इञ्जा डे) को अवसरमा इञ्जा खोजी पत्रकारिता पुरस्कारबाट पत्रकार सुशिल पन्त र टपेन्द्र कार्कीलाई पुरस्कृत गरिएको थियो। त्यसैगरी इञ्जाले पत्रकारिताका गुरु लालध्वज देउसा राईलाई विशेष सम्मान गरेको थियो। इन्जा साहित्य सम्मानद्वारा साहित्यकार राजेन्द्र पराजुलीलाई एकलाख नगद सहित सम्मान गरिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.