|

दैलेख : जिल्ला अदालत दैलेखबाट दुई वर्ष सजाय तोकिएको एक दम्पती १५ वर्षपछि पक्राउ परेका छन्। दैलेख अदालतले २०६२ माघ ९ गते बहुविवाह मुद्दामा २ वर्षको सजाय तोकिएका उनीहरूलाई प्रहरीले १५ वर्षपछि आज पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा दैलेखको नारायण नगरपालिका–६ का टेकराज केसी र उनकी कान्छी श्रीमती तृप्ति केसी रहेका प्रहरीले जनाएको छ। पक्राउ परेका उनीहरूलाई जिल्ला अदालत दैलेखमा उपस्थित गराई कैद भुक्तानका लागि कारागार चलान गरिएको दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.