|

कञ्चनपुर : कञ्चनपुरमा बस र मोटरसाइकललाई एकआपसमा ठोक्किदा दुई जनाको ज्यान गएको छ। शुक्लाफाँटा नगरपालिका–११ स्थित पूर्वपश्चिम राजमार्गको वनहरा नजिक विपरित दिशाबाट आइरहेको बस र मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको हो।

धनगढीबाट महेन्द्रनगर तर्फ आउदै गरेको ना ४ ख १७६४ नम्बरको बसले विपरित दिशाबाट आउदै गरेको म ३ प १४८० नम्बरको मोटरसाइललाई ठक्कर दिँदा मोटरसाइलमा सवार कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का २५ वर्षीय दिनेश दमाई र सोही ठाउँका २० वर्षीय प्रकाश दमाई छन्।

दुर्घटनामा घाईते भएका दुवै जनालाई महाकाली अस्पताल उपचारका लागि ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले जानकारी दिए। ठक्कर दिने बस र चालक बेदकोट नगरपालिकाका माधव सिंह गडाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.