|

कञ्चनपुर : प्रतिबन्धित लागू औषध खैरो हिरोइनसहित कञ्चनपुर प्रहरीले तीन जना भारतियलाई सोमवार पक्राउ गरेको छ।

प्रहरीले भारतको उत्तर प्रदेश लख्खिमपुर बस्ने २६ वर्षीय धर्मेन्द्र कुमार, सोही ठाउँ बस्ने वर्षीय २५ को भसिन र ३० वर्षीय नितिन कुमारलाई पक्राउ गरेको हो। युपी ३१ विएफ २४२७ नम्बरको मोटरसाइललाई शंका लागि चेकजाँच गर्दा पक्राउ परेकाहरूको साथबाट ९ दशमलव ९ ग्राम लागू औषध खैरो हिरोइन र नगद रकम ४२ हजार चार सय ६१ रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले बताए।

पक्राउ परेकाहरूमाथि अनुसन्धानको कार्य भइरहेको उनले बताए। दुई दिन अघि मात्रै प्रहरीले शुक्लाफाँटा नगरपालिका–१० बाट दुई जना तथा बेदकोट नगरपालिकाबाट दुई गरि चारजनालाई कारको प्रयोग गरी लागू औषध खैरो हिरोइनको कारोबार गरिरहको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.