|

काठमाडौं : सिरियामा १० वर्षदेखि जारी गृहयुद्धका क्रममा सरकार र विद्रोही समूहबाट दशौँ हजार मानिस बेपत्ता पारेको पाइएको छ। 

संयुक्त राष्ट्र संघीय प्रतिनिधिहरुले गरेको अध्ययनअनुसार गृहयुद्धका क्रममा पक्राउ परेका कयौँ व्यक्तिमाथि यौन हिंसा गरिनुका साथै कतिपयको गैरन्यायिक हत्या भएको छ। राष्ट्र संघ सिरियाका आयुक्त क्यारेन कोनिङ अबुजायदले निर्दोष भएको स्पष्ट प्रमाण हुँदाहुँदै पनि संघर्षका क्रममा हजारौँ नागरिकले ज्यान गुमाउनु परेको छ वा हिंसाको सामना गर्नुपरेको छ। बन्दी गृहहरुमा भएका अपराधको सरकारले छानबिन गर्नुको साटो लुकाउने काम गरेको बताएका छन्। 

आगामी हप्ता जेनेभामा हुने मानव अधिकार परिषदको बैठकमा पेश गर्ने गरी तयार गरिएको प्रतिवेदनका लागि एक सयभन्दा बढी जेल तथा बन्दी गृहको अध्ययन गरिएको थियो। अध्ययनकर्ताहरुका अनुसार गृहयुद्धका क्रममा मनोमानी तरिकाले गिरफ्तार गर्ने र जेलमा बन्द गर्ने सिरियाली सरकारको रवाफका कारण त्यहाँका नागरिक अझै पनि आक्रोशित छन् र विद्रोही बनिरहेका छन्। 

ठूलो संख्यामा आम नागरिकलाई बन्दी बनाउन सिरिया सरकार जिम्मेवार देखिएको छ। साथै अन्य हतियारबन्द समूहले पनि नागरिकहरुलाई नियन्त्रणमा लिने, बेपत्ता बनाउने तथा प्रताडित गर्ने काम गरिरहेका छन्। 

यस्ता समूहमा सिरियाली स्वतन्त्र सेना, सिरयाली लोकतान्त्रिक फोर्सलगायत छन्। त्यसबाहेक थुप्रै आतंककारी समूहले आम सर्वसाधारणलाई दुःख दिने काम गरिरहेको अध्ययनको निष्कर्ष छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.