|

झापा : प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापा आइपुगेका छन्। उनी यती एयरलाइन्सको विमानमा दिउँसो १२:१५ बजे चन्द्रगढी विमानस्थल भद्रपुर आइपुगेका हुन्।

प्रधानमन्त्री ओली झापाका दुई र  मोरङका एक कार्यक्रममा सहभागी हुने जनाइएको छ। उनले झापामा पहिलो कार्यक्रम बिर्तामोड नगरपालिकाले वडा नम्बर ७ मा निर्माण गरेको प्रदेश गौरभ भिलेजको उद्घाटन गर्ने छन्। यस्तै‚ दोस्रो कार्यक्रम बिर्तामोडमा नै निर्माण गरिएको पूर्वाञ्चल क्यान्सर अस्पतालको समुद्घाटन रहेको छ। त्यहाँ प्रधानमन्त्रीले सम्बोधन पनि गर्नेछन्।

अन्तिम कार्यक्रम मोरङको उर्लाबारी नगरपालिका–९ स्थित नदी किनारमा रहेको एकीकृत सन्थाल बस्तीको शिलान्यास गर्ने कार्यक्रम छ। सरकारले अल्पसंख्यक तगथा लोपोन्मुख जातिको उत्थान गरी उनीहरूलाई व्यवस्थित र एकीकृत बस्तीमा बसाउने कार्यक्रमअन्तर्गत उर्लाबारीमा सन्थाल बस्ती निर्माण योजना अगाडि बढाएको हो। उर्लाबारीको कार्यक्रम सकेर आजै विराटनगर विमानस्थलबाट काठमाडौं फर्किने कार्यक्रम रहेको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.