|

विराटनगर : मोरङको उर्लाबारी नगरपालिका–५ का  प्रवीन बास्तोलाको हत्यामा संलग्न आरोप लागेका थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा हत्या आरोपमा मुद्दा दायर गरिएका ६ प्रतिवादीमध्ये १९ वर्षीय सुदीप परियार पनि एक रहेका मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए।

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी टोलीले उनलाई मोरङको कानेपोखरी गाउँपालिका–७ रमाइलोबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

उनलाई सरकारी वकिल कार्यालयमार्फत अदालतमा पेस गरिने भएको छ। यस अगाडि घटनामा जोडिएका उर्लाबारी नगरपालिका–६ का ६० वर्षीय रमेश गिरीलाई जिल्ला अदालत मोरङका न्यायाधीश सुदर्शन लामिछानेको इजलासले सोमबार एक लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको थियो। गिरी आइतबार साँझ उर्लाबारीबाट पक्राउ परेका थिए। ​

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.