|

मोरङ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीको सुरक्षा गर्न आफूहरू गर्ने बताएका छन्। विराटनगरमा मंगलबार पत्रकारहरूसँग कुरा गर्दै नेता नेपालले प्रधानमन्त्रीदेखि सबैको सुरक्षाप्रति संवेदनशील हुनुपर्ने बताए।

‘देशको प्रधानमन्त्री नै असुरक्षित हुनुभएको हो भने नागरिकको अवस्था के होला ?’ प्रश्न गर्दै नेपालले भने हामीलाई त यस्तो लाग्दैन। बरु उहाँलाई हाम्रो दल सुरक्षा दिन तयार छ। पूर्वप्रधानमन्त्री नेपालले संसद अधिवेशनसँगै राजनीतिक गतिरोध सहजतातर्फ अघि बढ्ने बताए।

प्रतिगमनका विरुद्धमा रहेका सबै दलसँग राजनीतिक निकास र नयाँ सरकार गठनका विषयमा हातेमालो गर्ने उनले बताए। प्रतिगमनलाई साथ दिएकाहरूले गल्ती महशुस गरेर आए आफ्ना पार्टीका नेता कार्यकर्ताहरूलाई स्वागत गर्न आफूहरु तत्पर रहेको उनको भनाई थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.