|

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका प्रभावशाली नेता तथा सांसद महेश बस्नेतले आफूहरुको पक्षमा भोलिबाट ९२ जना सांसद पुग्ने दाबी गरेका छन्। उनले अबको प्रधानमन्त्री पनि वर्तमान केपी शर्मा ओली हुने बताए।

मंगलबार राजधानीको एक साक्षात्कार कार्यक्रममा नेता बस्नेतले जतिसक्दो पार्टी फुटाएर भएका सांसद जोगाउन दाहाल–नेपाल समूहलाई सुझावसमेत दिएका छन्।

उनले अब नेकपा एक भएर जाने सम्भावना कम रहेको भन्दै एकताको लागि धेरै जटिलता रहेको सुनाए।

पूर्वमन्त्रीसमेत रहेका नेता बस्नेतले सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनःस्थापनाको फैसला आएपछि ढंग पुर्‍याइएन भने फेरि राजनीतिक अस्थिरता सुरु हुन्छ र विकृति सुरु हुन्छ भनेर गरिएको प्रक्षेपण क्रमशः पुष्टि हुँदै गएको सुनाए।

‘यो कुरा क्रमशः पुष्टि हुँदैछ। कतिपय पर्दाभित्र पनि देखिएको छ। आजको मितिमा प्रधानमन्त्री केपी शर्मा ओली संकटमा हुनुहुन्न, बरु उहाँलाई संकटमा पार्न खोज्ने प्रचण्ड र माधव नेपाल संकटमा परेका छन्,’ उनको भनाइ थियो। 

बस्नेतले अहिले दाहाल–नेपाल समूह ‘फ्रन्ट–गियर’ मा नभई ‘ब्याक–गियर’मा लाग्नुपर्ने अवस्थामा रहेको पनि बताए। उनले दाहाल–नेपाल समूह पुस ५ गते प्रधानमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबाट समेत ब्याक भएको टिप्पणी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.