|

इटालियन सिरी ‘ए’ फुटबलमा आज राति दुई खेल हुँदैछन्। आज तेस्रो स्थानको युभेन्टसले स्पेजियाको सामना गर्नेछ।

पछिल्ला पाँच खेलमा तीनमा मात्रै जित निकाल्न सकेको युभेन्टस स्पेजियाविरुद्ध सहज जित निकाल्न चाहन्छ। २३ खेलमा ४६ अंक जोडेको ऊ आजको खेल जित्दै दोस्रो स्थानको एसी मिलानसँग अंक दूरी घटाउने योजनामा छ।

२४ खेल खेली सकेको एसी मिलानको ५२ अंक छ। युभेन्टसविरुद्ध मैदान उत्रन लागेको स्पेजिया २५ अंकसहित तालिकाको १५ औँ स्थानमा छ। खेल युभेन्टसको घरेलु मैदानमा राति साढे १ बजे सुरु हुनेछ।

यसअघि आजै राति हुने पहिलो खेलमा लाजियो र टोरिनो आमनेसामने हुनेछन्। ४३ अंक जोडेर सातौं स्थानमा रहेको लाजियो आजको खेलमा जित निकाल्दै पाँचौ स्थानमा उक्लन चाहन्छ।

यस्तै २० अंक रहेको टोरिनो पुछारबाट चौथो स्थानमा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.