नागरिकतासहित आउन नेताहरुलाई उर्दी

|

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूहले प्रतिनिधिसभा पुनःस्थापनापछिको रणनीति तय गर्न छलफललाई तिव्रता साथ अघि बढाएको छ। 

यो समूहले आज स्थायी कमिटी र केन्द्रिय कमिटीको बैठक आह्वान गरेको छ। केन्द्रिय कार्यलय पेरिसडाँडामा विहान ११ बजे स्थायी कमिटि बैठक बस्ने स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए।

स्थायी कमिटी बैठक सकिएपछि लगत्तै दिउँसो १ बजे पेरिसडाँडामा नै केन्द्रिय कमिटी बैठक बस्ने प्रचण्ड–माधव समूहका केन्द्रिय सदस्य विष्णु रिजालले बताए। रिजालका अनुसार स्थायी कमिटी बैठकले केन्द्रिय कमिटी बैठकका एजेन्डा तय गर्नेछ। आजको केन्द्रिय कमिटी बैठकमा सदस्यहरुलाई नागरिकता र परिचयपत्रसहित उपस्थित हुन भनिएको छ। 

पार्टीको आधिकारिकता सम्बन्धि विवादमा छिटो निर्णय लिन ध्यानाकर्षण गराउँदै आएको प्रचण्ड–माधव समूहले आवश्यक परे ती कागजात निर्वाचन आयोगमा बुझाउने तयारीका साथ बैठकमा उपस्थित हुन आफ्नो समूहका केन्द्रिय सदस्यलाई निर्देशन दिएको हो। 

यसअघि फागुन ७ गते बसेको केन्द्रिय कमिटी बैठकमा पनि केही केन्द्रीय सदस्यले कागजात बुझाइसकेका छन्। अघिल्लो पटक छुटेका सदस्यलाई आज बुझाउन भनिएको हो। यस अघि प्रचण्ड–माधव समूहले निर्वाचन आयोग पुगेर पार्टीको विवाद छिटो निर्क्यौल गर्न ध्यानाकर्षण गराएको थियो। 

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पुस ५ गते संसद् सचिवालयमा पेस भएको अविश्वासको प्रस्ताव फिर्ता लिएर सहमतिका लागि विकल्प खुला गर्ने निर्णय पनि गरेको थियो।

नेकपा राजनीतिक रुपमा विभाजित भएपनि कानुनी रुपमा विभाजित भइनसकेकोले कुन दल आधिकारीक भन्ने अन्योल कायमै छ। प्रचण्ड–माधव समूहले सत्ता साझेदारीका लागि छलफल गरेपनि कांग्रेस जसपा लगायतका दलले पनि पार्टी आधिकारिकताको प्रश्न गर्दै सहकार्य गर्ने अवस्था नभएको बताएका छन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.