|

काठमाडौं :  वामदेव नेतृत्वको नेकपा एकता अभियानले फागुन २१ गते शुक्रबार ११ बजे काठमाडौंको बल्खु स्थित एक पार्टी प्यालेसमा उपत्यका स्तरीय भेला बोलाएको छ। 

पार्टी विभाजनले देश जनता दल कसैलाई फाइदा नपुग्ने बताउदै आएका नेता गौतमले दुर्भाग्य र दुर्बुद्धि कारण पार्टी विभाजन भएकोमा अब आपसमा दुर्वचन बोलेर थप दुरी बढाउने काम नगर्न दुबै पक्षका नेता कार्यकर्तालाई आह्वान गर्दछु'  उनले थाहा खबरसँग कुरा गर्दै भने  ‘पक्ष विपक्ष छोडेर नेकपा एकता अभियानमा सामेल हुन आग्रह छ।’ 

नेता गौतमले एकता अनिवार्य भएको भन्दै  यसका लागि हरेक जिल्लामा यसप्रकारका भेला, कार्यक्रम, प्रचारप्रसार लगायतका काम गरेर एकताको आवश्यकता बुझाउदै एकताका लागि दवाव सिर्जना गरिनुपर्ने पनि बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.