|

काठमाडौं : प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। 

नयाँ बानेश्वरस्थित निजामती अस्पतालमा पुगेर सापकोटाले खोप लगाएका हुन्।  संघीय संसदका प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई आजबाट कोरोना खोप लगाउन सुरु गरिएको हो। 

संसद सचिवालयबाट खोप लगाउन सांसदसहित १५ सय जनाको विवरण स्वास्थ्य मन्त्रालयमा पठाएको थियो। मन्त्रालयले सांसद तथा कर्मचारीहरुलाई  आज, भोली र पर्सी खोप लगाउने व्यवस्था मिलाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.