|

पोर्चुगिज स्टार एवम्‌ युभेन्टस क्लबका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरको ६ सयौं लिग खेलमा गोल गरेका छन्।

युभेन्टसले इटालियन सिरीए मा स्पेजियामाथि ३-० को जित निकाल्दा रोनाल्डोले गोल गरे। यो उनले ६ सयौं खेलमा गरेको गोल हो।

पोर्चुगल, इंग्ल्याण्ड, स्पेनमा लिग खेलेका रोनाल्डो पछिल्लो समय इटालियन क्लब युभेन्टसबाट प्रतिष्पर्धा गरिरहेका छन्। जारी सिजनमा पनि उत्कृष्ट प्रदर्शन गर्दै आएका रोनाल्डोले लगातार १२ लिग सिजन २० अथवा त्यो भन्दा बढी गोल गरेका छन्। मंगलबार पनि उनले सिजनको २० औं गोल संभव बनाए।

२१ खेल खेलेका रोनाल्डो लिग शीर्ष गोलकर्ताहरूको सुचीमा रहेका छन्। सबै गोल दोस्रो हाफमा संभव भएको थियो। रोनाल्डो निर्धारित समय समाप्त हुन एक मिनेट बाँकी रहेको अवस्थामा गोल गरेका थिए।

टुरिनमा फेडेरिको बर्नार्डेस्चीको असिस्टमा अल्भारो मोरोटाले गोल गर्दै युभेन्टलाई ६२ औं मिनेटमा अग्रता दिलाएका थिए । त्यसको ११ मिनेटपछि फेडेरिको चिएसाले दोस्रो गोल गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.