|

काठमाडौं : सरकार र प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीबीच ४ घण्टाअघि बालुवाटारमा शुरू भएको वार्ता जारी छ।

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा र सरकारबीच हिजो अनौपचारिक र आज औपचारिक वार्ता भएको हो। 

प्रधानमन्त्री निवास बालुवाटारमा  विहान ७ बजेदेखि दुवै पक्षका वार्ता टोलीबीच कुराकानी भइरहेको छ। वार्तामा सहभागी हुन प्रतिबन्धित पार्टीका तर्फबाट वार्ता टोली मंगलवार साँझै काठमाडौं आएको थियो।

सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा 'बादल' र डाक्टर राजन भट्टराई तथा विप्लव समूहका वार्ता टोली संयोजक खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड' र उदय चलाउने 'दीपक' रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.