|

कैलाली : सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले शैक्षिक क्षेत्र तथा गुणस्तर विकासमा कटिबद्ध रहेको जनाएको छ।

मन्त्रालयले प्रदेशभरका शैक्षिक संस्थाको भौतिक संरचना निर्माण, गुणस्तर सुधार सँगै प्राविधिक शिक्षालाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिएको हो। आर्थिक अभाव एवम् अविभावक नभएका कारण शैक्षिक क्षेत्रमा पहुँच नपुगेका बालबालिकाहरूको हकमा शैक्षिक पहुँचमा ल्याउन पहल गरिरहेको मन्त्रालयको दाबी छ। 

प्रदेशमा उच्च शिक्षाको अवस्था

सुदूरपश्चिम प्रदेश सरकारले उच्च शिक्षामा विशेष जोड दिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र सिंह कार्कीले बताए। उनले उच्च शिक्षालाई जोड दिँदै शैक्षिक क्षेत्रमा नयाँपन ल्याउने उद्धेश्यले शिक्षा क्षेत्रमा लगानी समेत बढाएको बताए। 

सामाजिक विकास मन्त्रालयले भौतिक संरचना निर्माण, पुस्तकालयहरूको व्यवस्थापन, पाठ्यपुस्तकको उपलब्धता, प्रविधिक विषयको क्षेत्र विस्तारका क्षेत्रका निरन्तर काम गरिरहेको कार्कीको भनाई छ।

उनले भने, 'प्राविधिक धारका विषय अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था गरीएको छ। यसले शिक्षा क्षेत्र विकासमा विशेष टेवा पुग्ने छ। प्रदेशको शिक्षा क्षेत्रलाई सुदृढ बनाई लक्षित वर्गलाई समेटिने कार्ययोजना तयार पारेका छौ|।'

खिचातानीका कारण अपेक्षित प्रतिफल हात पार्न कठिन

शैक्षिक क्षेत्रमा हुने राजनैतिक खिचातानीले सुदूरका विद्यालयहरूले अपेक्षित प्रतिफल हासिलमा कठिनाई हुने गरेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता कार्कीले सामुदायिक विद्यालयहरूको गैर जिम्मेवारीपनले शैक्षिक अवस्था खस्किएको बताए।

कोरोना कहरको प्रभाव

शिक्षाको गुणस्तर सुधारमा जोड दिँदै आएकोमा कोरोना कहरले गर्दा केही समय शैक्षिक संस्थाहरू बन्द भए। विषम परिस्थितीका कारण शिक्षा क्षेत्रको उन्नतिमा ढिलाई भएको कैलाली बहुमुखी क्याम्पसका प्रमुख पदम राज जोशीले बताए।

प्रदेशको उच्च शिक्षा हेर्ने निकाय समाजिक विकास मन्त्रालयले संरचना निर्माण तथा व्यवस्थापनका लागि थप बजेटको व्यवस्था गर्दै क्याम्पसहरूलाई सुविधा सम्पन्न बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने जोशीको भनाई छ। 

सुदूरपश्चिम प्रदेशमा प्राविधिक धारतर्फ विद्यार्थीहरूको आकर्षण बढेको पाइन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.