|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। बैठक शुक्रबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्नेछ।

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेसले बताएको छ। 

प्रधामन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत पुस ५ मा राष्ट्रपतिले विघटन गरेको प्रतिनिधिसभा फागुन ११ गते सर्वोच्च अदालतको आदेशबाट पुनर्स्थापित भएको छ। पुनर्स्थापित प्रतिनिधिसभाको बैठक फागुन २३ का लागि डाकिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.