|

चीनको सहयोगमा तमिल विद्रोह दबाएयता भारतसँग विकट सम्बन्ध बनाएको श्रीलंका फेरि निकट हुन थालेको छ।

यस क्रममा भारतीय कूटनीतिज्ञ र खुफिया ऐजेन्सीका अधिकारीहरु तारान्तार श्रीलंका पुग्ने गरेका छन् भने कोलोम्बोबाट भारतप्रति नरम अभिव्यक्ति आउन थालेको छ।

कोलोम्बोले मंगलबार कोलोम्बो पोर्टस्थित वेस्ट कन्टेनर टर्मीनल भारत र जापानसँग मिलेर बनाउने निर्णय गरेको छ। यसअघि श्रीलंकाको राजापाक्षे सरकारले सन् २०१९ मा त्रिपक्षीय करार सम्झौताबाट भारत र जापानलाई अलग गरिदिएको थियो।

अहिले फेरि यो टर्मीनल बनाउन भारत र जापानलाई नै स्वागत गर्ने श्रीलंकाको सरकारले निर्णय लिएको हो। 

भारतीय अखबार द हिन्दुका अनुसार सोमबार बसेको क्याबिनेट बैठकमार्फत श्रीलंका सरकारले टर्मीनल बनाउन भारत र जापानसँग सहकार्य गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता रामबुकवेलाले टर्मीनल निर्माणनिम्ति लगानी ल्याउन भारत र जापानलाई मञ्जुरी दिने जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.