|

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ।

पार्टी कार्यालय पेरिसडाँडामा केन्द्रीय कमिटीको बैठक सुरु भएको केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दिपशिखाले जानकारी दिए। बैठक अध्यक्ष माधव कुमार नेपालको अध्यक्षतामा सुरु भएको हाे।

प्रतिनिधिसभा पुनःस्थापनापछिको रणनीति तय गर्न छलफललाई केन्द्रीय कमिटीको बैठक बोलाइएको हो। बैठकमा सबै केन्द्रीय कमिटी बैठकमा सदस्यहरुलाई नागरिकता र परिचयपत्रसहित उपस्थित हुन निर्देशनसमेत दिइएको छ। 

पार्टीको आधिकारिकता विवादमा छिटो निर्णय लिन ध्यानाकर्षण गराउँदै आएको प्रचण्ड–माधव समूहले आवश्यक परे ती कागजात निर्वाचन आयोगमा बुझाउने तयारीका साथ बैठकमा उपस्थित हुन आफ्नो समूहका केन्द्रीय सदस्यलाई निर्देशन दिएको बुझिएको छ। 

पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पुस ५ गते संसद् सचिवालयमा पेस भएको अविश्वासको प्रस्ताव फिर्ता लिएर सहमतिका लागि विकल्प खुला गर्ने निर्णय पनि गरेको थियो।

सर्वोच्चले संसद पुनःस्थापना गरेपछि यही २३ गते संसद बैठक बोलाइएको छ। यो समूहले नयाँ सरकार गठनका लागि कांग्रेस र जसपासँग समेत छलफल चलाइरहेको छ। 

केन्द्रीय कमिटीको बैठक अघि स्थायी कमिटीको बैठक समेत बसेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.