|

मकवानपुर : मकवानपुरको बकैया गाउँपालिका–५, तीनतलेमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । 

हेटौंडाबाट सिमेन्ट बोकेर बकैया जाँदै गरेको ना ६ त ४५३५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा हेटौंडा उपमहानगरपालिका–१७ का १३ वर्षीय दिलशन माझीको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । 

दुर्घटनामा ट्याक्टर चालक हेटौंडा–१८ का सुनील माझी र बकैया–७ का ५८ वर्षीय योगेन्द्र माझी घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.