|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले पार्टी आधिकारिकताका लागि निर्वाचन आयोगमा पुनः पत्राचार गर्ने निर्णय गरेको छ। पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको केन्द्रीय कमिटीको बैठकले आयोगमा पुनः पत्राचार गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य भीम रावलले जानकारी दिए।

‘पार्टी आधिकारिकताको निर्णय दिन आयोगलाई हामीले सम्पूर्ण प्रक्रिया पूरा गरेर माग गरेका थियौँ। तर, अहिलेसम्म कुनै जानकारी आएको छैन’, उनले भने, ‘त्यसैले हामीले पुनः आवश्यक पत्राचार वा जे गर्नुपर्छ त्यो गर्न तयार छौँ, गछौँ।’ 

निर्वाचन आयोगले आधिकारिकताको टुंगो तत्कालै लगाउनसमेत माग उनले गरेका छन्। सर्वोच्चको निर्णयले संसद् पुनःस्थापना गरेपछि लोकतन्त्र र संविधानको रक्षा गरेको समेत उनले बताए। ओलीले चालेको कदम अदालतको निर्णयले असंवैधानिक ठहर गर्दासमेत पदमा टाँसिरहेको निष्कर्ष बैठकले निकालेको छ। 

‘बैठकले ओलीलाई पदमा एकपछि बस्न समेत मिल्दैन। तर, उहाँले झै बसिराख्नुभएको छ’, बैठकपछि उनले भने, ‘ओलीले आफू असुरक्षित भएको भन्दै भ्रमसमेत फैलाइरहेका छन्।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.