|

अफ्रिकी देशहरू कंगो र गुएनामा इबोला रोगका नयाँ संक्रमित भेटिएका छन्। ती देशमा पछिल्ला केही दिनयता २८ जना व्यक्तिमा इबोलाको संक्रमण भेटिएको हो। अफ्रिकन सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनले मंगलबार सो कुराको जानकारी दिएको हो।

सो डिआरसीले दिएको रिपोर्टअनुसार यस प्रकोपबाट ११ जनाको निधन भएको छ। कंगोमा ११ जना इबोलाका बिरामी भेटिएका छन्। तीमध्ये चार जनाको निधन भएको छ। त्यसैगरी, गुएनामा १७ जनामा इबोलाको संक्रमण भेटिएको थियो।

त्यसैगरी, गुएनामा सात जनाको निधन भएको थियो। सन् २०१४ मा पश्चिम अफ्रिकामा इबोला भाइरसको प्रकोप पाइएको थियो। त्यसमा परेर कम्तीमा पनि १३ हजार मानिसको ज्यान गएको थियो। अहिले पनि अफ्रिकामा यस भाइरसका संक्रमितहरू भेटिन थालेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.