|

तनहुँ : जिल्लाको भानु नगरपालिका–१ स्थित करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ। बन्दीपुर गाउँपालिका–४ डुम्रेका १६ वर्षीय स्वरुप तामाङको करेन्ट लागेर मृत्यु भएको हो। 
चुँदी खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा स्वरुपको मृत्यु भएको इलाका प्रहरी कार्यालय डुम्रे भानु मुकामका इन्जार्च प्रहरी निरीक्षक प्रकाश भुषालले जानकारी दिए। उनका अनुसार बुधबार करिब ११:४५ बजे तामाङ खोलामा मृत अवस्थामा भेटिएका थिए। 

घटनास्थलबाट निकालेर पोष्टमार्टमका लागि दमौली अस्पतालमा ल्याइएको प्रहरी निरीक्षक भुषालले बताए। तामाङको पोष्टमार्टमपछि परिवारजनलाई शव बुझाइने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.