|

काठमाडाैं : कोपा डेल रे अन्तर्गत सेमिफाइनलका दोस्रो चरणको खेलअन्तर्गत आज राति बार्सिलोनाले सेभिल्लाको सामना गर्दैछ। सेभिल्लाको मैदानमा अघिल्लो खेल ०–२ ले गुमाएको बार्सिलोनाले आज घरेलु मैदानमा खेल्दैछ। 

अघिल्लो खेलमा पराजित बार्सिलोना आजको खेलमा चर्को दबाबमा हुनेछ। कप्तान लियोनल मेस्सी, उस्मान डेम्बेले, एन्टोनी ग्रिजमान फन्टलाइनमा रहँदा पनि बार्सिलोना २–० ले स्तब्ध भएको थियो। 

२५ औं र ८५ औं मिनेटमा गोल खाएको बार्सिलोनाले केही राम्रा मुभ बनाए पनि गोल गर्न चुकेको थियो। आज राति हुने खेलमा बार्सिलोनाका नियमित खेलाडी रोनाल्ड अराउखो र पेड्री चोटका कारण खेल्ने नखेल्ने टुंगो लागिसकेको छैन।

आज राति जित्ने टिमले फाइनलमा लेभान्टे र एथ्लेटिक क्लबमध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ। फेब्रुअरी १२ मा भएको खेलमा लेभान्टे र एथ्लेटिक क्लबले १–१ को बराबरी खेलेका थिए। यी दुई बीचको दोस्रो सेमिफाइनल खेल मार्च ५ मा हुनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.