|

रौतहट : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसांसद मोहम्मद आफताब आलमको मुद्दा अहिले अदालती प्रक्रियामा रहेकाले प्रक्रिया बाटै छुटाउन प्रयासरत रहेको बताएका छन्। 

गढीमाई नगरपालिकाद्वारा गढीमाई नगरपालिका–६ सिंगारमनमा आयोजित विष्णु महायज्ञको उद्घाटन गर्न यहाँ आएका पूर्वप्रधानमन्त्री  देउवाले भने, 'इँटाभट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा कारागारमा रहेका निलम्बित सांसद आलमलाई रिहा गराउन पहल गरिरहेको छु। 

अर्को प्रसङ्गमा उनले देशबाट अहिले कोरोना पूर्णरुपमा समाप्त नभएकाले विज्ञको सल्लाहअनुसार अनिवार्य मास्कको प्रयोग गर्न र  सामाजिक दूरी कायम राख्न सबैलाई आग्रह गरे। 

देउवालाई नगर प्रमुख श्यामबाबुु यादवलगायतले स्वागत गर्नुभएका थिए। महायज्ञ एक सातासम्म चल्ने जनाइएको छ। रासस 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.