|

काठमाडौं : पछिल्लो २४ घण्टामा मुलुकभर थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै कुल संक्रमित संख्या दुई लाख ७४ हजार तीन सय ८१ जना पुगेको छ।

जसमध्ये सक्रिय संक्रमित सात सय ६६ छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार एक सातामा दुई सय ३३ कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म कोरोना संक्रमणले तीन हजार १० जनाको मृत्यु भइसकेको छ।

पछिल्लो पटक ६२ जना संक्रमणमुक्त भएका छन्। हालसम्म २ लाख ७० हजार ६ सय पाँच जना संक्रमणमुक्त भएका छन्। हाल क्वारेन्टाइनमा रहनेको संख्या ५९ छ। नेपालमा हालसम्म २१ लाख ७३ हजार पाँच सय ११ जनाको पिसिआर परीक्षण गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.