जनताले ५ बर्ष प्रतिपक्षमा बस्ने म्याण्डेट दिएकाे रामचन्द्रकाे जिकिर

|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपा विभाजनपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई सरकारमा जान दुवै पक्षबाट प्रस्ताव आएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड-माधव दुवै पक्षबाट कांग्रेसलाई सत्ता सहकार्यको प्रस्ताव आएको छ। 

नेकपा दुवै पक्षबाट सत्ता सहकार्यको प्रस्ताव आएपछि सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच सार्वजनिक कार्यक्रममै जुहारी पर्ने गरेको छ।

चितवनमा बुधबार आयोजित श्रद्धाञ्जली सभामा बोल्दै देउवाले काँधमा जिम्मेवारी आए फेरि पनि प्रधानमन्त्री बन्ने बताए। आफूले प्रधानमन्त्री पद नमागेको तर जिम्मेवारी आए त्यसबाट नभाग्ने उनको भनाइ थियो।​

'कांग्रेसलाई पदको लोभ छैन, टाउकोमा आयो भने भाग्ने पनि छैन। काँधमा आएको जिम्मेवारीबाट भाग्ने वाला पनि छैन’ उनले भने, 'प्रधानमन्त्रीका लागि मरिमेट्न वा भाग्न हुदैन। तर, काँधमा जिम्मेवारी आयो भने जिम्मेवारी लिनुपर्छ।’

तर, नेता पौडेलले कांग्रेसलाई जनताले ५ बर्ष प्रतिपक्षमा बस्ने म्यान्डेट दिएकाले यस समयमा प्रतिपक्षमा बस्नु उचित हुने तर्क गरेका छन्। 

'नेपाली काँग्रेसलाई जनताले ५ बर्ष प्रतिपक्षमा बस्ने म्यान्डेट दिएकाले यस समयमा काँग्रेसले प्रतिपक्षमा बस्नु उचित हुन्छ' उनले भने, 'यद्यपि हामी सानो संख्यामा छौं, तैपनि हाम्रो भूमिका ठूलो छ, हाम्रो जिम्मेवारी ठूलो छ।' 

कांग्रेस सानो भएपनि भूमिका र जिम्मेवारी ठूलो भएको उनकाे दाबी छ। कांग्रेसले हैसियत अनुसारको भूमिका निर्वाह गर्दै विपक्षी दलको सही भूमिका निर्वाह गर्नुपर्ने उनको भनाई छ। ​

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.