सर्वसाधारणलाई दुःख दिएको आरोप

|

जनकपुरधाम : यातायात कार्यालय धनुषाबाट बुधबार १५ जना दलाल (बिचौलिया) लाई प्रहरीले पक्राउ गरेको छ। 

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ स्थित रहेको यातायात कार्यालयबाट बुधबार दिउँसो १५ समातिएका धनुषा प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पक्राउ गरिएका १५ जनलाई शंकाका आधारमा पक्राउ गरिएको हो। 

उनीहरुलाई सर्वसाधारणसँग पैसा लिएको आरोपमा पक्राउ गरिएको हो। यातायात कार्यालयमा जानेबाटै रकम लिएर भित्रैबाट काम गराइदिन सक्रिय रहेको उनीहरूमाथि आरोप छ। 

यातायात कार्यालयमा बिचौलियाबिना काम नै नहुने र कर्मचारीले पनि काम नै नगरिदिनेजस्ता व्यापाक जनगुनासो बढेपछि सिभिलमा गएका प्रहरीले शंकास्पद उनीहरुलाई पक्राउ गरेका प्रहरी उपरीक्षक रानाभाटले बताए।

उनीहरुलाई बुधबार दिउँसो नै नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको हो। उनीहरुमाथि अनुसन्धान जारी राख्दै दोषी देखिए कारबाही प्रक्रिया बढाउने  प्रहरीले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.