|

सल्यान : गर्मी मौसम शुरू भएसँगै सल्यानका विभिन्न वनमा डढेलो लाग्न थालेको छ। जिल्लाको कपुरकोट, छत्रेश्वरी, कुमाख गाउँपालिका र बागचौर नगरपालिकाका विभिन्न वनहरूमा डढेलो लागेको हो।

वनमा लागेको डढेलोले भेट्दा जिल्लाका विभिन्न स्थानमा ३ घर जलेर नष्ट भएको छ भने २ वटा बाख्रा समेत मरेको छ।

जिल्लाको छत्रेश्वरी गाउँपालिका-४, घोरडाँडास्थित गोद्रे सामुदायिक वनमा लागेको आगो बस्तीसम्म फैलँदा स्थानीय मोहनलाल शर्मा, पारस दाहाल र खुमबहादुर खत्रीको कच्ची घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले जानकारी दिए। उनका अनुसार आगोले ज्ञान बहादुर घर्तीको २ वटा बाख्रा जलेर मरेको छ।

वनमा लागेको आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

गर्मी मौसम शुरू भएसँगै सल्यानका दर्जन बढी सामुदायिक तथा अन्य वनहरूमा आगलागी हुन थालेको हो। नेपाली सेना, शसस्त्र, जनपथ प्रहरी, स्थानीयको सक्रियतामा डढेलो नियन्त्रणमा लिने काम भइरहेको डिभिजन वन कार्यालयका प्रमुख रमेश गिरीले जानकारी दिएका छन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.