|

काठमाडौं : कृषि तथा पशुपंक्षी मन्त्री पद्माकुमारी अर्यालले कृषि मलको समस्या सधैँका लागि अन्त्य भएको दाबी गरेकी छिन्‌।

​बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री अर्यालले मल अभावमा किसानलाई परेको समस्यामा सधैँका लागि अन्त्य भएको बताएकी हुन्‌। आफूले मन्त्रालय सम्हालेपछि समस्या समाधान निम्ति निकै काम गरेको पनि उनले दाबी गरेकी छिन्‌। 

तत्कालीन समस्याको समाधान निम्ति व्यवस्थापन, मध्यकालीन समाधानको रूपमा मासिक कार्यतालिकाको आधारमा मलको सहज आपूर्ति गर्न हुन थालेपछि मलको समस्या हटेको उनले बताइन्‌। साथै, मन्त्रालयले दीर्घकालीन समाधान निम्ति मल कारखाना स्थापना गर्नेगरी काम अगाडी बढाएको उनले जानकारी दिइन्‌।​

यस आर्थिक वर्षको आयातबाट २ लाख मेट्रिक टन मल आगामी वर्षको धान सिजनका लागि मौज्दात रहने भएकाले साउनदेखि असोजसम्मको माग धान्ने मन्त्रालयले दाबी गरेको छ।

आगामी आर्थिक वर्षको बजेटबाट व्यवस्था हुनेगरी प्रथम चौमासिक अवधिमा ३ लाख मेट्रिक टन मल आपूर्तिको प्रक्रिया यही महिनाबाट शुरू गरिने पनि मन्त्री अर्यालले जानकारी दिइन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.