|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूह पार्टी आधिकारिकता दाबी गर्नका लागि पुनः निर्वाचन आयोग नजाने भएको छ। 

दिउँसो दुई बजे अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहित आधिकारिकता दाबी गर्न निर्वाचन आयोग जान लागेको थियो। 

आज निर्वाचन आयोगमा जाने कुनै कार्यक्रम नरहेको केन्द्रीय सदस्य बिष्णु रिजालले बताए। 'नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज निर्वाचन आयोगमा जाने कुनै कार्यक्रम नरहेको व्यहोरा सम्बन्धित सबैलाई जानकारीका लागि अनुरोध छ' उनले लेखेका छन्। 

बुधबार बसेको केन्द्रीय कमिटीको बैठकमा आधिकारिकता दाबी गर्न केन्द्रीय सदस्यको नागरिकतासहित हस्ताक्षर संकलन गरिएको थियो। यसअघि पनि यो समूहले आयोगमै पुगेर आधिकारिकता दाबी गरेको थियो। तर, आयोगले आफ्नो निर्णय दिन नसक्दा यो समूह असन्तुष्ट रहेको छ। 

केन्द्रीय कमिटीको दुई तिहाई बहुमतसहित प्रचण्ड-माधव पक्षले आधिकारिकता दाबी गरिरहेको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.