|

काठमाडौं :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका केन्द्रीय सदस्य एवं प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र महेश बस्नेत बिहीबार निर्वाचन आयाेग पुगेका छन्।

पार्टीको आधिकारिकता विवादबारे निर्णय नगरेकाे भन्दै आयाेगको आलाेचना भइरहेका बेला बस्नेतले आयाेग पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग भेट गरेका हुन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आधिकारिकता विवाद निर्वाचन आयोगमा पुगेर रोकिएको अवस्था नेता बस्नेत आयोगमा पुगेका हुन्। 

‘आयोगमा पार्टी विभाजनको विवाद रोकिएको कुरा सबैलाई थाहा छ। तर, पार्टीको बहुमत पक्ष अझै पार्टी एकताकै पक्षमा रहेको जानकारी गराएँ’ उनले थाहाखबरसँग भने, ‘त्यस बिषयमा निर्वाचन आयोग पनि जानकार नै रहेछ।’

आधिकारिकता दाबी गरिरहेको पक्षसँग भन्दा एकताको पक्षमा बहुमत रहेको उनको दाबी छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.