|

काठमाडौं : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदले दिएका निर्देशन समयमै कार्यान्वयन गराउन संसद् आफैँले क्रियाशीलता देखाउनुपर्ने बताएका छन्।

बिहीबार राष्ट्रियसभा तीन वर्ष पुगेको  सन्दर्भमा ‘राष्ट्रिय सभाको प्रभावकारिकता तथा कूटनीतिक शिष्टाचार’सम्बन्धी अभिमुखीकरणमा बोल्दै अध्यक्ष तिमिल्सिनाले सभाले सरकारलाई दिएको निर्देशनको अनुगमन प्रभावकारी रूपमा गर्नुपर्ने बताए। सरकारले सदनमा पेश गरेका विधेयकलाई समयमा नै पास गरेर अगाडि बढाउने विषयमा सभाले समेत ध्यान दिन आवश्यक रहेको उनको भनाइ थियो।

राष्ट्रिय सभा बिना अवरोध सञ्चालन भए पनि विभिन्न समयमा सरकारलाई दिएको निर्देशनको कार्यान्वयनबारे अनविज्ञ हुने अवस्था हटाउनुपर्ने उनले बताए। राष्ट्रियसभाको बैठक र विभिन्न समितिहरूले सरकारलाई दिएको निर्देशन कार्यान्वयन भए नभएको अनुगमन गर्न सम्पूर्ण सदस्य र सम्बन्धित समिति अँझ बढी क्रियाशिल हुनुपर्ने आवश्यकता रहेको उनकले बताए। 

राष्ट्रिय सभाको सातौँ अधिवेशन सम्म आइपुग्दा दुई सय २२ वटा बैठकहरू भएको र यस अवधिमा ४१ वटा विधेयकहरु दर्ता भएकोमा १६ वटा विधेयक प्रमाणिकरण भइसकेको तिमिल्सिनाले जानकारी दिए। यस्तै २४ वटा मध्ये ८ वटा सभामा विचाराधिन रहेको, १० वटा समितिमा विचाराधिन रहेको र ६ वटा विधेयक राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभाबाट फिर्ता आउन बाँकी रहेको पनि उनले जानकारी दिए।

त्यसैगरी, राष्ट्रियसभामा ३ वटा जरुरी सार्वजनिक महत्वको प्रस्ताव, ४ वटा ध्यानाकर्षण प्रस्ताव र १ वटा संकल्प प्रस्तावहरू दर्ता भई छलफल भएको सो अवसरमा जानकारी दिइयो। राष्ट्रियसभामा दर्ता भएको अन्तरदेशीय संगठित अपराध विरुद्धको महासन्धि अन्तर्गतको पार्लिमो प्रोटोकल सभाबाट अनुमोदनसमेत गरिएको अध्यक्ष तिमिल्सिनाले बताए।

राष्ट्रिय सभाले यस अवधिसम्म प्रतिनिधि सभामा दर्ता भई प्रतिवेदन सहित राष्ट्रिय सभामा आएका विभिन्न विधेयक तथा सन्धि-सम्झौताहरू राष्ट्रिय सभाबाट पारित गरी फिर्ता पठाइएका छन्। राष्ट्रिय सभाले सात वटै प्रदेश सभासँग अन्तरक्रिया गरी संघ, प्रदेश र स्थानीय तह–अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७५ पारित गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.