|

सुर्खेत : राष्ट्रिय मानव अधिकार आयोगको टोलीमाथि दुर्व्यवहार गर्ने कर्णाली प्रदेशका प्रमुख सचिवसहित दुई जनालाई कारवाही गर्न माग गरिएको छ। कर्णालीमा रहेका विभिन्न अधिकारवादी संघ संगठनले कर्णाली प्रदेश सरकारका प्रमुख सचिव चन्द्रमान श्रेष्ठ र सामाजिक विकास मन्त्रालयका सचिव लोकथान पौड्याललाई कारवाहीको माग गरेका हुन्।

मुख्यन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अगाडि खेती गर्ने जमिनको माग गर्दै आन्दोलनमा रहेका वादी समुदायको अवस्थाबारे बुझ्न आएको राष्ट्रिय मानव अधिकार आयोगको टोलीमाथि उनीहरूले दुर्व्यवहार गरेका थिए।

विभिन्न १७ वटा संघ–संस्थाले बिहीबार विज्ञप्ति जारी गरी श्रेष्ठ र पौड्याललाई कारवाहीको माग गरेका छन्। आयोगका नेपालगंज प्रमुख झंकर रावलसहित कर्मचारी र नागरिक समाजका अगुवामाथि अभद्र व्यवहार भएको थियो।

रावलसहित मानव अधिकार अधिकृत दयाराम पाठक, दिपक थापा, इन्सेकका कर्णाली प्रदेश प्रमुख नारायण सुवेदी, राष्ट्रिय दलित गैरसरकारी महासंघका केन्द्रीय महासचिव जेवी विश्वकर्मा, सञ्जु विश्वकर्मा लगायतको टोली प्रमुख सचिव श्रेष्ठ कहाँ पुगेको थियो। श्रेष्ठले छलफलका क्रममा प्रहरी बोलाएर अधिकारकर्मीको टोलीलाई कार्यकक्षबाट बाहिर निकालेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.