|

कञ्चनपुर : कञ्चनपुरको बेलौरीमा भारतीय तस्कर समूह र प्रहरीबीच गोली हानाहान भएको छ। लागुऔषध बोकेर नेपाल आइरहेका भारतीय तस्कर र प्रहरीबीच बेलौरी नगरपालिका–७ टेडुवा सीमा क्षेत्रमा बिहीबार बेलुकी गोली हानाहान भएको हो।

प्रहरीको गोली लागि घाइते भएका भारतीय युवक गोविन्द सिहको उपचारका क्रममा बेलौरी प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको छ। प्रहरीका एक जवानको खुट्टामा सामान्य लागेको  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले बताए। 

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोका अनुसार इलाका प्रहरी कार्यालय बेलौरीबाट गएको टोलीमाथि भारतीय तस्करले गोली चलाएपछि नेपाल प्रहरीले जवाफी कारवाही स्वरुप गोली चलाएको हो। 

‘लागुऔषध तस्करीमा संलग्न चार जनाएको समूह सीमाबाट करिव पाँच सय मिटर नेपालतर्फ आइरहेको बेला प्रहरी देखेपछि फायर गरेको बुझिएको छ’ यादवले भने,‘प्रहरीले जवाफी फायर गर्दा पेटमा गोली लागेर एक २५–२६ वर्षका एक युवक ढले। उनको उपचारका क्रममा स्थानीय स्वास्थ्य सस्थामा मृत्यु भयो।’

यादवका अनुसार तीन जना तस्करहरू फरार छन्। उनका अनुसार घटना करिब ६ बजे तिरको हो। प्रहरीले घटनास्थलबाट ३० ग्राम लागुऔषध सहित नक्कली नोट बनाउने मेसिनसमेत बरामद गरेको यादवले जानकारी दिए। 

टेडुवा क्षेत्र लागुऔषधको तस्करी हुने ट्रान्जिट प्वाइन्टका रुपमा रहेको छ। बढी आपराधिक क्रियाकलाप हुन थालेपछि प्रहरीले त्यस क्षेत्रमा सक्रियता बढाउँदै लगेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.