|

काभ्रेपलाञ्चोक : नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला रिहा भएका छन्। सरकार र विप्लव समूहबीच तीन बुँदे सहमतिको भोलिपल्ट शुक्रबार बिहान बाँस्तोला रिहा भएका हुन्। 

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट नेता बास्तोला रिहा भएका छन्। प्रहरीले उनलाई श्रीमतीको जिम्मा लगाएर छाडेको हो। रिहा भएलगत्तै सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अब देशको समस्या समाधान गर्नका लागिपर्ने बताए।   

यसअघि सर्वोच्च अदालतको आदेशबाट रिहा भएलगत्तै प्रहरीले अदालतको गेटबाटै पुनः पक्राउ गरी काभ्रे लगेको थियो। 

सरकारसँग आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीलगायतका विषयमा सहमति भएको थियाे।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.